logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • संगीतकार राजकुमार र गायिका निर्मलाको ‘आयो है ल्होछार’ बजारमा

    संगीतकार राजकुमार र गायिका निर्मलाको ‘आयो है ल्होछार’ बजारमा

    2.7K
    Shares
    संगीतकार राजकुमार र गायिका निर्मलाको ‘आयो है ल्होछार’ बजारमा

    काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘‘आयो है ल्होछार” बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन् ।

    गायक एंव संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, अर्पण थिङले मिक्सिङ गरेका हुन् । रोनिश लामाले ड्रोन छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायांकन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

    डोल्मो घिसिङ तामाङले निर्माण गरेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ, बुद्धी तामाङको अभिनय रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend