logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सम्पदा पनि हेपाइमा (फोटोफिचिर)

    सम्पदा पनि हेपाइमा (फोटोफिचिर)

    2.9K
    Shares
    सम्पदा पनि हेपाइमा (फोटोफिचिर)

    काठमाडौं । इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन् । सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ । तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, नेपाल–सभ्यताको निर्माण–पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य–पक्षहरूको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकायहरू चुकिरहेका छन् । इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ ।

    मन्दिरै–मन्दिरको शहरको उपमाबाट चिनिएको काठमाडौं उपत्यकामा के–कति पुरातात्विक सम्पदा छन्, कति जोगिएका छन्, कति लापरबाह अवस्थामा छन् वा कति नामेट भइसके भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् । यही टिठलाग्दो अवस्था अहिले विद्यमान छ । नेपाल पहिचानका अनेक आधारहरुमध्ये एक सांस्कृतिक सम्पदा पनि हो । सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ । नेपाली पहिचान झल्काउने सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो । देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ ? तर अवस्था त्यस्तो छैन । काठमाडौं उपत्यकाका अधिकांश सांस्कृतिक सम्पदाहरु जिर्ण र बेवारिसे छन् । कतै फोहोरै फोहरे त कतै पानी आउने परम्परागत ढुंगे धाराहरुलाई संरक्षणको साटो बेन्चहरु राखेर छोपिएको छ ।

    फुटपाथका पसलहरुले सम्पदा परिसर छपक्कै छोपिएको छ । सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्रीहरु झुन्ड्याइएको छ भने सम्पदा वरपर सजावटका लागि राखिएका गमलाहरु फुटेर मानिसलाई गिज्याइरहँदा समेत त्यसको संरक्षण गर्न कोही जागरुक बनिरहेका छैनन् । मन्दिर परिसरमै पार्किङ छ, जसले बोल्न नसक्ने सम्पदाहरुलाई हेपिरहेको भान दिलाउँछ । अझ भनौ पार्किङले सम्पदा छोपिएको छ । नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरुको संरक्षण गर्न समेत सरकार लाचार छ । सम्पदा ढाक्नेगरी जताततै ढुंगा, बालुवा, गिटी थुपारिएको छ ।

    वसन्तपुरमा व्यापारी ।
    मध्यबानेश्वरमा रहेको एक ढुंगेधारा र बनाइएको विश्राम स्थल ।
    पाटन वंगलामुखीमा एक विहार नजिकै रहेको छोरतेन र फ्याकिएको त्रिपाल ।
    काठमाडौंको भेडासिंस्थित शिव मन्दिर परिसरमा माटाका भाँडा व्यापारीले छाडेको फुटेका भाँडाहरु ।
    वसन्तपुर दरवार क्षेत्रमा पार्क गरिएको मोटर साइकलहरु ।
    पशुपतिको राम मन्दिरमा जस्तापाला लगाएर बन्द गरिएको ढोका र प्वाल पारिएको भित्ता ।
    पाटनको बंगलामुखीमा मच्छिन्द्रनाथलाई राजधानी ल्याउने ललित ज्यापुको प्रतिमा नजिकै राखिएको निर्माण सामाग्री ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend