logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगर

    सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगर

    8.4K
    Shares
    सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेको छ ।
    काठमाडौँँ महानगरले आज बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएको छ ।

    प्रतिबन्ध लगाए पनि अनुगमनका क्रममा पसलमा सुर्तीजन्य पदार्थ राखेको पाइएको महानगर प्रहरीले जनाएको छ ।
    महानगर प्रहरीले अनामनगर क्षेत्रम अनुगमनका क्रममा भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेको छ । महानगरले सुर्तीजन्य पदार्थ बेचे÷नबेचेको अनुगमनका लागि महानगरका चार वटा क्षेत्रमा १० जना गरी नगर प्रहरी र सादा पोसाकमा प्रहरी परिचालन गरेको छ ।

    महानगरले पसलमा अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिएको छ । सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र एक सय रुपैयाँसम्म जरिबाना गराउने पनि महानगरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend