logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्टाफ नर्स र अनमी पढेकालाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन माग

    स्टाफ नर्स र अनमी पढेकालाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन माग

    6.4K
    Shares
    स्टाफ नर्स र अनमी पढेकालाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन माग

    काठमाडौं । नेकपा(एमाले)कि सांसद बिमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो बताएकी हुन् ।

    उनले भनिन्– ‘एसईई पास गरेर गरिने स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै प्रकृतिको काम र जिम्मेवारी वहन गर्नुपर्छ । कोर्ष पुरा गर्न स्टाफ नर्सलाई ३ वर्ष र अनमीलाई १८ महिना राखिएको छ । जसका कारण कामको प्रकृति एउटै भएपनि कार्यक्षेत्रमा गरिने व्यवहार, प्राप्त गर्ने सेवा सुविधामा भने पुरै विभेद रहेको छ । तसर्थ सेवा अवधि भित्रैबाट आन्तरिक वृत्ति विकास गरी स्टाफ नर्स सरह बन्ने र देश वा विदेशमा काम गर्न जाँदा एउटै दर्जामा राखी मर्यादित काम र मर्यादित सेवा सुविधा प्राप्त गर्नेगरी स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था मिलाइदिओस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend