२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालमा आधिकारिक रूपमा टिकटक दर्ता

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।

सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।

यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचना नै नदिने गरेको भए पनि टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।

यति मात्रै नभएर नेपालको कानून तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो । तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट