२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन आवश्यक कानून बनाउन खोजेका छौँ : मन्त्री पोखरेल

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका हुन् ।

नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो की भन्ने आशंका उत्पन्न भएको भन्दै उहाले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी दिए । 

अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाणको सङ्कलन, परीक्षण, वैज्ञानिक विधि र पद्धतिद्वारा गर्नको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आवश्यकता परेको उनको भनाइ छ । उनले विधेयकमा रहेका बिषयहरुलाई प्रयाप्त छलफलमार्फत सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । 

बैठकमा समिति सदस्यहरुले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरि विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । समितिले विधेयकमाथि विज्ञहरुसँग छलफल गरेर मात्रै दफावार छलफल अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट