२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिपछि रास्वपाका राजु पाण्डेको प्रतिउत्तर : ‘पद र मर्यादाको ख्याल गर्नुस्’

आइतवार , श्रावण ३, २०८३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रधानमन्त्रीका विश्वासपात्र मानिएका राजु पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

bb178c17-419d-443e-8d4c-5a6ebe6efcf6.jpg

जापान भ्रमणका क्रममा रास्वपाप्रति लक्षित गर्दै सांसद शाहीले अपशब्द प्रयोग गरेको भन्दै पाण्डेले त्यसको प्रतिउत्तर दिएका हुन्। उनले लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्था जनताको संघर्ष र बलिदानबाट स्थापित भएको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले अभिव्यक्ति दिँदा पदको गरिमा र मर्यादाको ख्याल गर्नुपर्ने बताएका छन्।

पाण्डेले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नु भन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है,  नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो। विचार राख्ने अधिकार सबैलाई छ, तर देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी हो ।’

रास्वपा र राप्रपाबीच पछिल्लो समय राजनीतिक आरोप–प्रत्यारोप चुलिँदै गएका बेला शाही र पाण्डेबीचको यो सार्वजनिक वाकयुद्धले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट