२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

नेपाल टेलिकमको नयाँ सेवा : हराएको वा बिग्रेको सिम अब अनलाइनबाटै लिन सकिने

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सुरु गरेको छ । शुक्रबारदेखि लागू गरिएको यस सेवामार्फत ग्राहकले घरमै बसेर आवेदन दिएपछि सहज रूपमा नयाँ फिजिकल सिम वा ई–सिम प्राप्त गर्न सक्नेछन् ।

टेलिकमका अनुसार हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भर्नुपर्नेछ ।


अनलाइन आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा तोकिएको प्रतिनिधिमार्फत टेलिकमको सेवा काउन्टरबाट सिम लिन सकिनेछ। नयाँ सिमका लागि लाग्ने ५० रुपैयाँ शुल्क काउन्टरमै तिर्नुपर्नेछ । ग्राहक स्वयं उपस्थित हुन नसकेमा आवेदन फाराममै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने प्रतिनिधिले परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

यसअघि नै सञ्चालनमा रहेको eSIM पोर्टल मार्फत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम प्राप्त गर्न तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने सुविधा उपलब्ध रहेकोमा अब हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिमका लागि अनलाइन आवेदन दिने सुविधा पनि थपिएको टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट