काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको टेकु क्षेत्रमा गोली प्रहार गरी लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ।
ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकामध्ये एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। घटनामा अन्य दुई नेपाली नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूको विभिन्न स्थानबाट निगरानी र पछ्याउने क्रममा टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोरमैला भण्डारणस्थलमा उनीहरू फेला परेका थिए।
प्रहरीले नियन्त्रणमा लिने क्रममा अवस्था जटिल बनेपछि गोली प्रहार गर्नुपरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रतिक्रिया दिनुहोस