२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भ्रष्टाचार, मानवतस्कर वा अन्य कुनै गतिबिधि गरेर कमाउ धन्दामा लाग्नेलाई नछाड्नुस प्रधानमन्त्रीज्यू

सोमवार , कार्तिक २६, २०८१

दोहा - प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेलले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार, मानवतस्कर, जनता ठगी वा अन्य कुनै गतिबिधि गरेर कमाउ धन्दामा लाग्ने मन्त्री हुन्, पार्टीका नेता हुन् कार्यकर्ता हुन् कि कर्मचारी कसैलाई नछाड्न आग्रह गरेका छन्।

नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यू प्रवासी भूमिमा बसेका हामीलाई तपाईको इमान र निष्ठा प्रति बिश्वास छ । तपाईलाई कमाउनु छैन, तपाईमा लोभ छैन लालसा छैन तर तपाईसंगको निकटता दुरुपयोग गरेर, तपाईंको नामको दुरुपयोग गरेर कसैले त्यसमा लाभ लिन खोज्छ भने चाहे वरिष्ठ नेता हुन्। चाहे सल्लाह चाहे सल्लाहकार परिषद्का नेता हुन् चाहे जिल्लाका अध्यक्ष हुन् चाहे प्रवासका राष्ट्रिय कमिटीका अध्यक्ष हुन् चाहे वार्ड अध्यक्ष हुन्। कारबाही गर्न खुट्टा नकमाउनु होस्।

त्यस्तै सरकार मात्र नभई नेकपा एमाले पार्टीले पनि भ्रष्टाचार, मानवतस्कर, जनता ठगी वा अन्य कुनै गतिबिधि गरेर कमाउ धन्दामा लाग्नेलाई कारबाही गरोस प्रवासबाट मेरो अनुरोध छ।

शक्ति र सत्ताको दुरुपयोग गरेर काम गर्ने नेता होइन षड्यन्त्रकारी हो। घुसखोरी हो, नेपाल आमालाई बलात्कार गरेको हो। चाहे देशमा होस् वा बिदेशमा हामीले पठाएका राजदूत हुन् चाहे कर्मचारी हुन् चाहे कुनै संगठित सदस्य हुन्। सबैलाई कारबाही गर्नुपर्छ र उनीहरु कारबाहीको भागीदार हुनुपर्छ यो नेकपा एमालेको जबजको दृष्टिकोण हो ।

सत्तामा बसेर राज्यको दोहन गर्नु हुँदैन हामीले कहिले पनि गलत गर्नु हुँदैन यो गलत गरियो भने सहिदहरुले हामीलाई सराप्ने छन् मदन भण्डारी कमरेड पुष्पलाल र मनमोहन अधिकारी, सहाना प्रधान र नेकपा एमालेका सम्पूर्ण योगदान दिएका निधन भएका नेताहरुले स्वर्गबाट समेत सराप्ने छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले अरु जस्तो स्ट्यानबाजी होइन पार्टीको दृष्टिकोण भिजन अनुसार चल्ने पार्टीको जनताले दिएको जनमतको आधारमा हामी सरकारमा छौ यो बेला डेलीभरी दिने काम प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओलीको हो।मलाई विश्वास उहाँमा कुनै स्वार्थ छैन। कुनै पूर्वाग्रह छैन जनताको हितका लागि र नेपाली मजुरका लागि काम गर्नुहुन्छ भन्ने दृढ विश्वास मलाई छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ