२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका नागरिकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघरमा भेला भइ उनीहरुले विभिन्न नाराबाजी गरिरहेका छन् ।

उनीहरुले जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिँदैन, फैसला हाइन न्याय गर, मापदण्डका नाममा जनतालाई उठिवास गर्न पाइँदैन,खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता बिस्थापित गर्न पाइँदैन, खबरदार, मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर्, सडक तथा खोलाको मापदड खारेज गर्, निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ