२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद पुनर्गठन :एमालेका चार, जसपाका एक मन्त्री नियुक्त

बिहिवार , जेठ २१, २०८३

दाङ/ लुम्बिनी प्रदेशको मन्त्रीपरिषद पुनर्गठन भएको छ । मन्त्रीपरिषदमा एमालेबाट सहभागी भएको चार मन्त्रीले बुधबार राजीनाम दिएपछि बेलुकी नै मन्त्रीपरिषद पुनर्गठन गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारयण आचार्यले एमाले र जसपाबाट मन्त्रीपरिषद पुनर्गठन गरेका छन् ।

मन्त्रीपरिषदमा नेकपा एमालेको तर्फबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जसपका नेता भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको  छ ।

बुधबार एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारु मगर र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले सामूहिक राजीनामा दिए । नयाँ मन्त्रीपरिषदका सदस्यहरुलाई जेठ २५ गते सपथ गराउने तयारी गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ