२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक

आइतवार , मंसिर ९, २०८१

काठमाडौँ । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीत ‘एचएमएम मिडिया’(H.M.M MEDIA)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिछोड र बियोगलाई देखाइएको छ ।

चलचित्रको कथामा आधारित शीर्ष गीतमा उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । चलचित्र ‘दार्बुङ’ को अपार सफलतापछी पुन: ‘ए ङाला ह्राङ्बा माया’ तामाङ चलचित्रलाई पनी बढी भन्दा बढी माया पाउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

नायक एंव निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।

‘चलचित्रलाई सम्पूर्ण दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्नेमा ढुक्क छौ । चलचित्रको पहिलो शो हेटौँडामा गरिने भएको र मिती तय भैसकेको छैन ।’ नायक एंव निर्देशक लामाले भने । यस चलचित्रमा नायिका सुनिता लुङ्बालाई पनि संगै देख्न सकिनेछ । चलचित्र ‘दार्बुङ’ मा पनि उनी मुख्य भूमिकामा थिइन् ।

चलचित्रमा लोसाङ लामा र इकेश लामाको निर्माण, हुत्त सन्जय लामाको पट कथा, निर्देशन रहेको छ भने विश्व जंग माझीको सहनिर्देशन रहेको छ । चलचित्रको गीतलाई उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामा र सागर दोङ तामाङले लेखेका हुन् । चलचित्रको गीतलाई अर्पन थिङ तामाङले संगीत भरेका छन भनै उनै गायक अर्पण थिङ,बबिता पाख्रीन,लमु शेर्पाको स्वर रहेको छ ।

चलचित्रमा नरेश खरेल र बिक्रम गौतमले श्रींगार, राजु दोङ तामाङको द्धन्द निर्देशन, H.M.M MEDIA ले पोष्ट प्रोडक्सन,मेक बाहादुर थापाले सम्पादन / मिक्सिङ, प्रज्वल राउतले छायांकन गरेका हुन ।

चलचित्रमा हुत्त सन्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राज कुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देबि मोक्तान,मिलन स्याङ्तान, हिरोज लोप्चन, राज कुमार बल, राम तामाङ, हिरा बाहादुर तामाङ, दिपेश मोक्तान, जगत बाहादुर मोक्तान, अनिल ब्लोन, गोकुल तामाङ, बिक्रम लामा, रितु लामा, लोक लामा, सिङ्ग बाहादुर मोक्तान, भिम बाहादुर मोक्तान, राज कुमार ब्लोन, सिङ्ग वीर बल, फुर्ब बल, मनिका सिङ्तान, बाल कलाकारहरु कर्म लामा, छेवङ मोक्तान, अरुना डिम्डुङ र पर्खाइ मोक्तान तामाङको अभिनय रहेको छ ।

चलचित्र पोस्टर डिजाइन त्रिलोक तामाङले गरेका हुन भने अर्जुन तिमल्सिना, गोपाल तिमल्सिना, सन्तोश पराजुली, अनिल थापा मगर, आले मगर, सागर दोङ तामाङले लाइटमेनको रुपमा काम गरेका थिए ।

https://youtu.be/qnWAd7lr4-w

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट