२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छन् ।

आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेकी छन् । आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेकप् थिइन् ।

सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन् । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिइन् भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए ।

आयुमीका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित छन् । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट