२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, को बन्ला अध्यक्ष ?

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिनेहरुमा प्राधिकरणका कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं, कृषि विकास बैंकका अध्यक्ष रामप्रसाद पुडासैनी, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेल रहेका छन् ।

त्यस्तै, स्वास्थ्य बिमा बोर्डका पूर्वकार्यकारी निर्देशक दामोदर बसौला, नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक तथा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, बुद्धकाजी श्रेष्ठ, विनोदकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र र विक्रान्त पाण्डेले आवेदन दिएका छन् । पाण्डे नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा डेपुटी सिइओ हुन् । बसौला ओली प्रधानमन्त्री रहेका बेला २०७७ मंसिर तेस्रो साता स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए।

समितिले आवेदकमध्येबाट सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण गर्न लगाइ अन्तर्वार्ता लिएर छनौटका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिसमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।

यसअघि अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दा दायर भएपछि मंसिर अन्तिम साता निलम्बनमा परेका थिए ।त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दाहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन् ।

 

यो पनि :

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, देवकोटाको संयोजकत्वमा सफिरिस समिति

बिमा प्राधिकरण अध्यक्ष नियुक्तिमा सरकारले किन गर्दैछ ढिलाइ ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ