काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।
उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका थिए ।
सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेको छ । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस