काठमाडौं । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित नेपाली आप्रवासी कामदारलाई लक्षित गरी वैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसियाको क्वाला लम्पुरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशिया का लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद तिमसिना रहेका थिए । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारे ।

अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
साथै सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा ३२ हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ।
प्रतिक्रिया दिनुहोस