२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बैशाख १८ गते दुर्गेश थापाको कन्सर्ट, आईएमई पे र खल्तीबाट टिकट काट्न सकिने

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । आगामी १८ वैशाखमा गायक दुर्गेश थापाको काठमाडौंमा पहिलो लाइभ कन्सर्ट हुँदैछ । होटल ह्यात ग्राउन्ड बौद्धमा हुन गइरहेको कन्सर्टको टिकट डिजिटल वालेट खल्ती र आइएमई पे जुनसुकै प्लेटफर्मबाट लिन सकिने छ ।

आयोजक ट्राइएङ्गल इन्कसँग साझेदारी गर्दै खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सकिने सुविधा उपलब्ध गराएको जनाएको छ ।

दर्शकहरूले आफ्नो प्रवेश टिकट आइएमई पे तथा खल्ती एपको ‘इभेन्ट्स’ सेक्सनबाट लिन सक्नेछन् । दर्शकले

कन्सर्टका लागि फ्यानपिट, सिल्भर र गोल्ड टिकटमध्ये एक छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

गायक थापाले आफ्ना अत्यन्तै चर्चित गीतहरू प्रस्तुत गर्नेछन् भने अन्य विभिन्न गायत तथा कलाकारको मनोरञ्जनात्मक प्रस्तुति पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ