२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः 'हेर्न छुटाउन नहुने' प्रतिक्रिया

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताए । उनले नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख रहेकोमा खुशी व्यक्त गरे ।

उनले भने, ‘चलचित्र एकदमै राम्रो छ, हेर्न लायक छ । नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख छन् । धेरै खुशी लागेको छ ।’ चलचित्र हेर्न पुगेकी उपसभामुख इन्दिरा रानाले चलचित्र वास्तविक कथावस्तुमा आधारित रहेर बनाइएको बताइन् । उनले अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको बताइन् । उनले भनिन्, ‘फिल्म वास्तविक कथामा आधारित रहेको छ । अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको छ ।’

त्यस्तै, अभिनेता विल्सनविक्रम राईले चलचित्र वैशाख २६ गतेदेखि सिनेमा घरहरुमा आउने बताउँदै चलचित्रले मन मस्तिष्कमा छाप छोड्ने बताए । अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीले चलचित्र राम्रो, गुणस्तरीय रहेको र नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायकको चलचित्र बनेको दाबी गरे । चलचित्र हेर्न छुटाउन नहुने उनीहरुको सुझाव छ ।

अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने दाबी गरे । साथै, वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह गरे। अभिनेत्री मिरुना मगरले सकारात्मक प्रतिक्रिया पाइरहेको र दर्शकको मायाबाट आगामी दिनमा अझ राम्रो गर्दै जाने बताइन् ।

वैशाख २६ गते शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा छन् । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ