२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कलाकारितामा नाम र दाम कमाउन मुस्किल छ, आफूले बुझेको क्षेत्रमा मात्रै लगानी गरौँ : दीपकराज गिरी

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । अभिनेता दीपकराज गिरीले पछिल्लो समय धेरै व्यक्तिहरु नाम र दाम कमाउन कलाकारिता क्षेत्रमा आउने गरेको बताएका छन् । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल डिस्कशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कलाकारिता क्षेत्रमा नाम र दाम कमाउन मुस्किल भएको समेत बताए । साथै, यस क्षेत्रमा ५ प्रतिशत मानिस मात्रै सफल भएको उनको भनाई छ ।

उनले कलाकारिता क्षेत्रमा सफल हुन अत्यन्त्र कठिन भएको बताउँदै यो क्षेत्रमा भोकै बस्न र सडकमै सुत्न सक्नेले मात्र आउनुपर्ने बताए ।

उनले भने, ‘कोही मानिस कलाकार बन्न चाहान्छ । पछिल्ला दिनमा मैले के भन्न थालेको छु भने यदि तिमी पैसा कमाउन चाहान्छौ भने यो क्षेत्रमा आउँदै नआउ ।’

उनले नेपालजस्तो देशमा धेरै कुराको अस्थिरता रहेको बताउँदै आफूले बुझेको क्षेत्रमा मात्रै लगानी गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ