काठमाडौं । आजभन्दा २८ वर्ष पहिले चीनमा स्थापना भएको लुयान ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिएको ६ वर्ष पूरा भइसकेको छ । यो अवधिमा लुयानले आफूलाई विश्वासिलो ब्राण्डको रुपमा स्थापित गराएको छ ।

‘जिरो इमिसन राइड एन’ मार्फत नेपालमा आधिकारिक बिक्री भइरहेको लुयानका काठमाडौं उपत्यका भित्र मात्र १६ वटा सर्भिस सेन्टर छन् । आफ्नै विश्वविद्यालय, आफ्नै रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर र तीनवटा ठूला उत्पादन केन्द्रहरुबाट उत्पादन भइरहेकाले पनि लुयान ब्रान्डप्रति विश्वास बढिरहेको 'जिरो इमिसन राइड एन'का बिक्री तथा बजार व्यवस्थापन प्रमुख शंकर शर्मा बताउँछन् ।

यद्यपी, नेपालमा चार पाङ्ग्रे विद्युतीय सवारीको तुलनामा दुई पाङ्ग्रेप्रति आकर्षण कम हुने गरेको जिज्ञासामा शर्मा भन्छन्, ‘कुन ब्राण्डको स्कुटर राम्रो, विश्वासिलो हो भन्ने दुविधाको कारण पनि चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रेमा सजिलै स्वीच हुन नसकेको हो ।’ तर, ६ वर्ष देखिको अनुभवमा ग्राहकहरुले लुयानको स्कुटरबारे सकारात्मक प्रतिक्रिया नै दिने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘विश्व नै विद्युतीय सवारी साधनतर्फ स्वीच हुँदै गर्दा हामीले पनि यसलाई आत्मसात गर्दै जानुपर्छ । तर, आफूले प्रयोग गर्ने साधनको विश्वबजारमा कस्तो उपस्थिती छ, त्यसको गुणस्तर कस्तो छ भन्ने तर्फ भने ध्यान दिनु पर्छ ।’ लुयानको विश्वका ७० भन्दा बढी देशमा उपस्थिति रहेको छ ।

विद्युतीय स्कुटरमा खासै समस्या नआउने भएपनि ग्राहकको सेवा सुविधाका लागि कम्पनीले न्युनतम आवश्यकताहरु सबै पूरा हुने गरी काम गरेको जनाएको छ । जसका कारण नेपालमा लुयान विद्युतीय स्कुटर प्रति ग्राहकहरु आकर्षित भइरहेका छन् ।
काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा शो रुम र सर्भिस सेन्टर पुर्याएको लुयानको बिक्री दर समेत अन्य विद्युतीय स्कुटरहरुको तुलनामा निकै राम्रो रहेको प्रमुख शर्मा बताउँछन् । उनी भन्छन्, ‘सर्भिस सेन्टरहरू धेरै छन्, छोटो समयमै सबै काम हुन्छ ।’

लुयानका स्कुटरहरू मोबाइल चार्ज गर्ने पोर्टबाटै सजिलै चार्ज गर्न सकिन्छ । घरमै प्रयोग गरिने र मोबाइल चार्ज गर्न राखिएका ५ देखि ६ एम्पियर वाला चार्जर पोर्टमा यसलाई चार्ज गर्न सकिन्छ। यस्तो चार्जरमा करिब ६ घन्टा राखेपछि स्कुटर फुल चार्ज हुन्छ। एकपटक फुल चार्ज गरेपछि १०० देखि १२० किलोमिटरसम्म रियल राईड माइलेज दिनसक्ने लुयान स्कुटरको विशेषता हो।
पेट्रोल खर्चको तुलनामा नगन्य बिजुली खर्च हुने भएकोले दैनिक यात्रा गर्नुपर्ने, अफिस आउजाउ गरिरहनुपर्ने उपभोक्ताका लागि यो खास रहेको छ । व्यक्तिका लागि मात्र हैन विद्युतीय सवारी साधनहरु ब्यापार घाटा कम गर्न राष्ट्रका लागि पनि फाइदाजनक सवारी साधन भएकाले सरकारले समेत यस्ता सवारी साधनलाई विभिन्न सुबिधाहरु उपलब्ध गराइरहेको शर्माको भनाइ छ ।

लुयान स्कुटरको ब्याट्री लाइफ ६ वर्षसम्म कम्पनीले दिएको छ । मासिक ४ देखि ५ सय रुपैयाँको विद्युतीय खर्चमा यो स्कुटर मज्जाले हुँइकाउन सकिने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस