२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

श्रीलंकाविरुद्ध साम्बाको ह्याट्रिक, नेपाललाई ४ गोलको अग्रता

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा नै ४–० को फराकिलो अग्रता बनाएको छ ।

उज्वेकिस्तानमा खेलको पहिलो हाफ सकिदा कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपालले फराकिलो अग्रता बनाएको हो ।

पहिलो हाफको सातौँ मिनेटमा नेपालकी गिता रानाले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । २०औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर बनायो । डिफेन्डर समिक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन् ।

खेलको ३०औँ मिनेटमा प्रिती राईको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो । खेलको ३१ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा नेपालले अग्रता थप्यो ।

खेलको ४२औँ मिनेटमा साम्बाको गोलमा नेपालले ३–० को अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले ह्याट्रिक पूरा गरिन् । पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले श्रीलंकाविरुद्ध पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी हुन् ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट