काठमाडौं । लिभरपुल तथा पोर्चुगलका स्टार डियागो जोटाको निधन भएको छ ।
कार दुर्घटनामा परेर उनको निधन भएको बीबीसीले जनाएको छ । दुर्घटनामा उनका भाई आन्द्रे जोटाको पनि ज्यान गएको छ। दुर्घटना ब्रिटिश समय अनुसार ११:३० बजे भएको थियो।
लाम्बोर्गिनी ब्रान्डको कारले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा टायर फुटेर सडकबाट बाहिरिएको थियो। त्यसपछि कारमा आगलागी भएको थियो। दुवै जनाको घटनास्थलमै निधन भएको पुष्टि भएको छ ।
दुई हप्ता अघिमात्र डियोगोले प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । यो जोडीका तीन सन्तान छन्।
जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । त्यसअघि, उनले सन् २०२१८ देखि २०२० सम्म वुल्भ्सबाट खेलेका थिए ।
पोर्चुगलका प्रधानमन्त्री लुइस मोंतेनेग्रोले डियागोको निधन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलजगतकै लागि दुःखद भएको बताएका छन् । उनले जोटा दाजुभाइको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस