२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रियल मेड्रिडको रङ्गशाला अवलोकन गर्दै प्रधानमन्त्रीले भने, 'म रियल मेड्रिडको फ्यान'

बिहिवार , आषाढ १९, २०८२

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका हुन् । उनले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिएका थिए। निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गरे ।

स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनका कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री ओली मेड्रिडमा विभिन्न कार्यक्रममा सहभागी भएका हुन्।

रङ्गशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट