२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुख्यमन्त्री कार्की र युएन प्रतिनिधि केन सिमिजुबीच भेट, कृषिबारे कुराकानी

सोमवार , आषाढ ३०, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच सोमबार भेटवार्ता भएको छ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे । भेटघाटमा उनले मध्यपहाडी जिल्लाहरुमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिए । कोशी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको छ त्यसैले पनि यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताए ।

'प्रदेश सरकार यी विषयहरुमा कसरी अगाडि बढ्ने भन्ने गहन छलफल गर्नु पर्ने अवस्थामा छौँ', मुख्यमन्त्री कार्कीले भने 'यी र यस्ता प्रभावहरुका बारेमा सबै सरोकारवालाहरु सग छलफल गर्न हामी चाहन्छौँ ।' आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताए ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । उनले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उनले बताए । संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट