२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, १८ अर्ब ४९ करोडको कारोबार

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ ।

आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै, बिहीबार ३२८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । न्यादी गुप्रको ७१ करोड र ग्रीन भ्यान्चरको ६६ करोडको कारोबार भएको छ ।

आज ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स डिबेञ्चरका इकाईधनीले ४.२२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ