२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचक ४१ अङ्कले घट्यो

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो ।

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ०८, विकास बैंक दुई दशमलव ४६, वित्त एक दशमलव ८५, होटल तथा पर्यटन शून्य दशमलव ९९, जलविद्युत् एक दशमलव ७१ र जीवन बिमा एक दशमलव ४२ प्रतिशतले घटेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ६३, निर्जीवन बिमा एक दशमलव २०, व्यापार एक दशमलव ८५ र अन्य समूह दुई दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ