२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कुमारी बैंकको नाफा २ अर्ब ११ करोड, खराब कर्जा पनि बढ्यो

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । कुमारी बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा ४५ हजार ८२९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले ४६ लाख रुपैयाँ नाफा गरेको थियो।

नेपाल राष्ट्र बैंकले दिएको सहुलियतले प्रोभिजनिङ घट्दा बैंकको नाफा उच्चदरले बढेको हो।

यद्यपी, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा बढेर ६.४२ प्रतिशत पुगेको छ।

बैंकको ब्याज आम्दानी ५.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ। बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ। यस्तो नाफा २ अर्ब ७९ करोड रुपैयाँँ ऋणात्मक छ।

बैंकको प्रतिसेयर आम्दानी २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको बैंकले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट