काठमाडौं । सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटीजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गर्ने भएको छ ।
नेपाल क्रीकेट संघ क्यान र नासा सेक्युरिटीजबिच जर्सी प्रायोजन गर्ने सम्झौता भएको हो ।
सम्झौतामा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द र सेक्युरिटीजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले हस्तान्तरण गरे ।
जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। विभिन्न टिमले टेन्डर प्रक्रियामा सहभागी हुँदा सेक्युरिटीजले हात पारेको हो ।
सेक्युरिटीजको नामसहित जर्सी सार्वजनिक गरिएको छ ।
नेपाली टोली टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नु अघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो । नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिज खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस