२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महालक्ष्मी विकास बैंकबाट २ करोड ८४ लाख बढी रकम हिनामिना गर्ने चार कर्मचारी पक्राउ

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । महालक्ष्मी विकास बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका–७ बस्ने ३५ वर्षीय सागर शाही, शैल्यशिखर–९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका–३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका–१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।

केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरेको छ।

चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्‍याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट