२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौतासँगै प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०-१५% छुट पाउने भएका छन् । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पीटलमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरे ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट