२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

आइतवार , भाद्र १, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५% र म्याकबुकमा ५%र २०% आईफोन र म्याकबुकका सामानहरूहरुमा छुट पाउने भएका छन । त्यस्तै, क्रेडिट कार्ड धारकहरुलाइ इन्स्ट्रापेको योजनाबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन ।

बैंकका अनुसार सो छुट सेवा सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट