काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ ।
नगरकोट स्थित रत्नागिरि रिर्सोटमा आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।
साथै, AML/CFT सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।
कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १ सय ४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस