२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रूस र अमेरिका बीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको छ : पुटिन

शनिवार , भाद्र ७, २०८२

मस्को, सिन्ह्वा । रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् ।

यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाए ।

निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रूसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताए ।

“हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौं, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,” पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भने ।

पुटिनका अनुसार, रूससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यान खिचेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट