काठमाडौं । उखु किसानहरूको आन्दोलन आज तेस्रो दिन पनि माइतीघरमा जारी छ । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि आन्दोलन जारी राखेका हुन् ।
सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँकै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरका्ले अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि किसानहरूले उठाएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पनि आज माइतीघर पुगेर उखु किसानको आन्दोलनमा समर्थन जनाएका छन् ।
उनीहरु माइतीघरमा मण्डलामा पुगेर किसानको आन्दोलनमा सहभागी हुँदै आन्दोलनरत किसानसँगै सडकमै घर्ना समेत बसे ।
त्यस्तै, आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि माइतीघर पुगेर किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

















प्रतिक्रिया दिनुहोस