२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तस्बिरमा हेर्नुहोस् तीजको रौनक

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । आज देशभर हिन्दू महिलाहरुले हरितालिका तीज (हरितालिका पर्व) मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व नेपाली महिलाको अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव पनि हो ।

पार्वतीले भगवान शङ्करलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको पौराणिक कथामा आधारित यो पर्वमा महिलाहरूले भगवान शिव–पार्वतीको आराधना गरेर आफैँलाई पार्वती सरह सौभाग्यवती र परिवारमा सुख–शान्ति चाहना गर्छन् । हरितालिका व्रत बस्दा भगवान शिव प्रकट भई उनको मनोकामना पूरा भएको विश्वास गरिन्छ ।

हरितालिकामा शिव पार्वतीको मूर्ति वा चित्रको स्थापना गरी पूजा गरिन्छ । फलफूल, मिठाई, धूप–दीप, बेलपत्र, फूल आदिले आराधना गरिन्छ ।

[caption id="attachment_379539" align="alignnone" width="2560"] तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।[/caption]

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीस्थित शिव मन्दिरमा तिजको दिन मङ्गलबार पूजाअर्चना पश्चात नाचगान गरेर रमाउँदै भक्तजनहरु ।

[caption id="attachment_379541" align="alignnone" width="2560"] तीज पर्वका अवसरमा मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी तलाउको बीच भागमा रहेको जुङ्गे महादेवको मन्दिरमा पूजा आराधना गर्दै भक्तजन ।[/caption]

हरितालिका तीजको अवसरमा मङ्गलबार पाँचथरको सदरमुकाम फिदिमस्थित सिद्धेश्वर शिव मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन ।

[caption id="attachment_379543" align="alignnone" width="2560"] हरितालिका तीजको अवसरमा काठमाडौँको टोखा नगरपालिका वडा नं १ ले झोरमा आयोजना गरेको महिला साँस्कृतिक कार्यक्रम एवं तीज दोहोरी गीत प्रतियोगितामा नृत्य प्रस्तुत गरेर तीज पर्व मनाउँदै महिलाहरु ।[/caption]

[caption id="attachment_379544" align="alignnone" width="1877"] हरितालिका तीजका अवसरमा मङ्गलबार जनकपुरधामको शिव मन्दिरमा पूजाअर्चना गर्दै श्रद्धालु भक्तजन।[/caption]

हरितालिका तीजका अवसरमा आराध्यदेव भगवान शिवको पूजाआजा गर्दै नवलपुरको गैँडाकोटका महिला ।

[caption id="attachment_379546" align="alignnone" width="2560"] महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका महिला मौलिक परम्पराअनुसार नाच गान गरी रमाइलो गर्दै । गैँडाकोट–२ को विभिन्न टोलबाट स्थानीय मन्दिरमा भेला भई परम्परागत वाद्यवादनका सामग्रीमा गीत गाउँदै नाचेर रमाइलो गरेका हुन् ।[/caption]

[caption id="attachment_379547" align="alignnone" width="2560"] हरितालिका तीजका अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ को ऐतिहासिक धार्मिकस्थल इन्द्रेश्वर महादेव मन्दिरमा पूजा आराधनापछि मन्दिर परिसरमा नाचगान गर्दै भक्तजन ।[/caption]

तिजको पावन अवसरमा भगवान पशुपति नाथ मन्दिरमा आज मङ्गलबार भगवान पशुपति नाथको दर्शनको लागि पालो कुरेका श्रद्धालु भक्तजन महिला।

[caption id="attachment_379549" align="alignnone" width="1800"] भगवान पशुपति नाथ मन्दिरमा मङ्गलबार दिउँसो तीजगीतमा नाच्दै गरेकी श्रद्धालु भक्तजनहरु ।[/caption]

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गुलेरियापार्क परिसरमा मङ्लबार तीज पर्वको अवसरमा तीजगीतमा नाचगान गर्दै व्रतालुहरु ।

[caption id="attachment_379555" align="alignnone" width="2560"] तीज पर्वका अवसरमा मङ्गलबार भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन।[/caption]

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ