२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अफगानिस्तानमा मध्यराति भूकम्प, २० भन्दा बढीको मृत्यु, सयौँ मानिसको मृत्यु हुन सक्ने अनुमान

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० रेक्टर स्केलको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

८ किमि (५ माइल) गहिराइको भूकम्पपछि कम्तिमा तीनवटा पराकम्पन आएका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ।

एएफपीका अनुसार, केही सेकेन्डसम्म भूकम्पले अफगानिस्तानको राजधानी काबुल (करिब २०० किमि टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किमि टाढा) समेत हल्लाएको थियो ।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयाः भूकम्प प्रतिरोधी छैनन्।

भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीसी) ले यो भूकम्पमा सयौँ मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट