२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वायरमा नेपाललाई आत्मनिर्भर बनाएर निर्यातको तयारीमा छौँ : सौरभ शारडा

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सम्पन्न भयो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न विदेशी कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रदर्शन गरेका थिए । प्रदर्शनीमा नेपालकै एकमात्र सबैभन्दा ठूलो र बहुआयामिक तार तथा केवल उत्पादन गर्ने उद्योग ‘प्रिमियर वायर प्रालि’ले आफ्नो स्टल राखेको थियो। मुलुक विदेशबाट आयातित वायरमा निर्भर भइरहेका बेला एकमात्र नेपाली कम्पनी प्रिमियर वायरले प्रदर्शनीमा विदेशी उत्पादनका सामु आफ्नो दरिलो उपस्थिति जनायो ।

विदेशी उत्पादनहरुबीच प्रतिस्पर्धामा उत्रिएको एक मात्र नेपाली वायर उत्पादक कम्पनी प्रिमियर वायरको इतिहास, उसका उत्पादन, बजारको अवस्था लगायतका बिषयमा कम्पनीका डाइरेक्टर सौरभ सारडासँग हामीले कुराकानी गरेका थियौँ । हेर्नुहोस् सुनौलो नेपालका लागि अनुष वि.कले गरेको कुराकानीको सम्पादित अंश :

प्रिमियर वायर कस्तो खालको कम्पनी हो ?

भृकुटी मण्डपमा भएको प्रदर्शनीमा नेपालको तर्फबाट सहभागी हुने हाम्रो मात्र कम्पनी हो । हामीले हाम्रो ग्राहकहरुका लागि स्टल लगाएका हौँ । हाम्रो भिजन भनेको यहाँका टेक्निकल पर्सन, इन्जिनियर, इपिसी कन्ट्रयाक्टर र ग्राहकहरुलाई अब आउने टेक्नोलोजी, प्रोडक्टको बारेमा जानकारी गराउनु हो । किनकी, आजको दिनमा नेपालमा प्रयोग हुने अधिकांश केवलहरु मध्ये लगभग हामीले सबै उत्पादन गर्न सुरु गरिसकेका छौँ । पछिल्लो पटक हामीले जेडएच वायर लन्च गरेका छौँ । यो जेरो होलुजन केवल हो, जसमा कुनै पनि कन्डिसनमा आगो लाग्दैन । यो शतप्रतिशत सुरक्षित प्रोडक्ट हो । त्यस्तै हामीले एचडी केवल र मिडियम भोल्टेज कभर कन्डक्टर केवल पनि लन्च गरेका छौँ, जसको माग नेपाल विद्युत् प्राधिकरण र प्रोजेक्टहरुमा छ । नेपालमा अहिलेसम्म एचडी केवल कसैले उत्पादन गरेको छैन । हामीले यसको उत्पादन गर्न गइरहेका छौँ । यीनै प्रोडक्टहरुको जानकारी लागि पनि हामीले यो टेक्निकल एक्स्पोमा सहभागिता जनाएका हौँ । हामीले धेरै जसो एक्स्पोहरुमा सहभागिता जनाउँछौँ । यसको उद्धेश्य भनेको नयाँ-नयाँ प्रोडक्टको बारेमा ग्राहकहरुले जानकारी पाओस् भन्ने नै हो ।

प्रिमियर वायरको यात्रा कसरी सुरु भयो र वायर उत्पादनको क्षेत्रमा यो नेपालको स्वाभिमानी कम्पनी बन्न कसरी सम्भव भयो ?

प्रिमियर वायरको यात्रा २५ वर्ष पूरा भएको छ । यो अवधिमा हाम्रो भिजन भनेको पूर्वाधार विकासमा हो । देशमा आउने नयाँ पूर्वाधारका लागि के आवश्यकता छ, हामी त्यसमा केन्द्रित हुन्छौँ । देशमा के आवश्यकता हुन्छ, त्यसका लागि हामीले आफ्नो क्षमता अभिवृद्धि गर्दै अगाडि बढिरहेका छौँ । हाम्रो प्रयास भनेकै देशलाई आत्मनिर्भर गर्नु हो । नेपालको लागि आवश्यक जति पनि केवल कन्डक्टरहरु छ, त्यो यहीँ उपलब्ध होस् र आयात गर्न नपरोस् भन्ने हाम्रो उद्धेश्य छ । कम्पनीलाई विश्व प्रविधि अनुसार कसरी अगाडि बढाउने र यहाँको आवश्यकता कसरी देशभित्रै पूरा गर्ने भन्ने भिजन मेरो बुबा पवन शारडाको छ । हामी उहाँकै भिजनलाई अगाडि बढाइरहेका छौँ । अब हामी हाम्रो उत्पादन निर्यात गर्ने तयारीमा छौँ ।

 

भूमिगत तार उत्पादनमा शारडा ग्रुपको तयारी कस्तो छ ?

हामीले अहिले पनि भूमिगत केवल त बनाइरहेका छौँ । त्यसमा पनि एचडी केवल नेपालमा अहिलेसम्म कसैले पनि उत्पादन गरेको छैन । यही आर्थिक वर्ष भित्र हामीले एचडी केवलको पनि उत्पादन सुरु गर्दैछौँ ।

निर्यातका लागि पनि तयारी गरिरहेका छौँ त भन्नुभयो, यसका लागि सरकारले कत्तिको सहजता प्रदान गरेको छ ?

अहिलेसम्म नेपालबाट केवलहरु निर्यात भएको छैन, हामीले प्रयास गरिरहेका छौँ । हामीलाई निर्यात गर्न सहज भनेको भारत नै हो । त्यसैले सरकारबाट हामी आर्थिक भन्दापनि दुई देशबीच आपसी समझदारीमा काम होस् र प्राविधिक समस्या नहोस् भन्ने चाहान्छौँ ।

नयाँ केवल उत्पादन गर्ने कुरा गर्नुभयो, त्यो कहिलेसम्म लन्च हुन्छ ?

हाम्रो मिडियम भोल्टेज कभर कन्डक्टर त लन्च भइसक्यो । हामीले यही प्रदर्शनमा स्याम्पल पनि राखिसकेका छौँ । जुन एचडी केवलको कुरा छ, त्यो अब केही महिना भित्र उत्पादन सुरु हुन्छ । हाम्रो जति पनि उत्पादन छ, त्यो मोरङमा रहेको फ्याक्ट्रीबाट उत्पादन हुन्छ ।

यो पनि

अस्थिर नीतिले धरासायी बन्दै उद्योगहरू : अर्बौँको निर्यात गरेको ‘प्रिमियर वायर’ संकटमा

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ