२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भारत-रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् : प्रधानमन्त्री मोदी

सोमवार , भाद्र १६, २०८२

चीन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रुसबीचको मजबुत सम्बन्धलाई जोड दिँदै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री मोदीले नयाँदिल्ली र मस्कोबीचको सहकार्य विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, “सबैभन्दा कठिन परिस्थितिमा पनि भारत र रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् । हाम्रो घनिष्ठ सहयोग दुवै देशका जनताका लागि मात्र नभई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि पनि महत्त्वपूर्ण छ ।”

अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाउनुका साथै मस्कोबाट छुटमा कच्चा तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि तोकेको बेला यो भेटवार्ता भएको छ ।

युक्रेन युद्धबारे बोल्दै प्रधानमन्त्री मोदीले शान्ति प्रयासलाई स्वागत गर्दै सबै पक्षहरूले रचनात्मक रूपमा अघि बढ्ने र द्वन्द्व अन्त्य गर्ने बाटो खोज्ने अपेक्षा व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले भने, “हामीले युक्रेनमा चलिरहेको द्वन्द्वबारे निरन्तर छलफल गर्दै आएका छौँ । शान्तिका लागि हालै गरिएका सबै प्रयासलाई हामी स्वागत गर्दछौँ । सबै पक्षहरू रचनात्मक रूपमा अगाडि बढ्नेछन् भन्ने हामी आशा गर्दछौँ । द्वन्द्वलाई सकेसम्म चाँडै अन्त्य गरी स्थायी शान्ति स्थापना गर्नुपर्छ । यो सम्पूर्ण मानवताको आह्वान हो ।”

भारत–रुसको सम्बन्धलाई झन् नजिक बनाउने क्रममा उनले भने , “मलाई सधैँ लाग्छ कि तपाईँलाई भेट्नु अविस्मरणीय अनुभव हो । हामीले धेरै विषयमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका छौँ । हामी निरन्तर सम्पर्कमा रहँदै आएका छौँ र दुई पक्षबीच नियमित रूपमा धेरै उच्चस्तरीय बैठकहरू भएका छन् ।” प्रधानमन्त्री मोदीले भारतीय जनता यस वर्ष डिसेम्बरमा हुने रूसी राष्ट्रपति पुटिनको नयाँदिल्ली भ्रमणको प्रतीक्षामा रहेको बताए ।

उनले भने, “यस वर्ष डिसेम्बरमा हुने हाम्रो २३औँ शिखर सम्मेलनका लागि एक अर्ब ४० करोड भारतीयहरू तपाईंको प्रतीक्षामा छन् । यसले विशेष र विशेषाधिकार प्राप्त साझेदारीको गहिराइ र विस्तारलाई झल्काउँछ ।”

युक्रेन युद्धको प्रसङ्गमा राष्ट्रपति पुटिनले भारत र चीनले शान्तिपूर्ण समाधानका लागि गरेको प्रयासको प्रशंसा गरे । उनले युक्रेनका पश्चिमी सहयोगीहरूलाई आलोचना गर्दै किएभमा भएको ‘कू’ लाई समर्थन गरेको दाबी गर्दै यसले अन्ततः युक्रेन सङ्कट उत्पन्न गरेको बताए ।

पुटिनले भने, “युक्रेनमा सङ्कट आक्रमणको परिणाम होइन, बरु युक्रेनका पश्चिमी सहयोगीहरूको समर्थनमा किएभमा भएको कूको परिणाम हो ।”

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले एससीओका राष्ट्र प्रमुखहरूको काउन्सिलको २५औँ बैठकलाई सम्बोधन गर्दै निष्पक्षता र न्याय कायम राख्न सङ्घाई सहयोग सङ्गठन (एससिओ) लाई आह्वान गरे ।

सीले भने, “हामीले दोस्रो विश्वयुद्धको सही ऐतिहासिक परिप्रेक्ष्यलाई बढावा दिनुपर्छ । शीतयुद्ध मानसिकताको विरोध गर्नुपर्छ, साथै टकराव र बदमाशी अभ्यासहरूलाई रोक्नुपर्छ ।”

एससिओ शिखर सम्मेलन २०२५ ले विश्वव्यापी शासनमा बहुध्रुवीयताको बढ्दो महत्त्वलाई प्रतिबिम्बित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लेनदेनमुखी नीतिले उनका धेरै सहयोगीलाई अलग पारेको सन्दर्भमा यो शिखर सम्मेलन विशेष महत्त्वपूर्ण देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट