२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चीनमा फासिवादविरुद्धको विजय दिवस : बेइजिङमा विशाल सैन्य परेड, आधुनिक सैन्य शक्ति प्रदर्शन

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।

चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।

परेडमा चीनको सैन्य शक्तिको भव्य प्रदर्शन गरेका थिए, जसमा उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, र फाइटर जेटहरू प्रदर्शनमा राखिएको थियो।

सीसीटीभीका अनुसार, तियानमेन स्क्वायरमा उपस्थित दर्शकहरूलाई हरियो, रातो र सुनौलो रङका कुर्सीहरूमा बसाइएको छ, जसले क्रमशः उर्वर भूमि, जनताको बलिदान र शान्तिको प्रतीक गर्दछ।

समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन र सेनाको अवलोकन निरीक्षण गरेका थिए ।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट