काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले आवेदन दिएका छन् ।
प्राधिकरणले अध्यक्ष पदका लागि गत साउन २३ गते सात दिनको म्यादभित्र आवेदन दिन आह्वान गरेको थियो । सो अवधिमा १४ जनाले आवेदन दिएका हुन् ।
अर्थमन्त्रालयका अनुसार आवेदन दिनेहरुमा ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौँका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौँका विष्णुबाबु मिश्र, काठमाडौँका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा दामोदर बसौला, काठमाडौँका चिन्तामणी शिवाकोटी, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकालको आवेदन परेको छ।
त्यस्तै लमजुङका प्राडा दीपकबहादुर भण्डारी, काठमाडौँका डा राजेन्द्र पण्डित, दाङका यज्ञप्रसाद न्यौपाने, काठमाडौँका रमेशकुमार भट्टराई र भक्तपुरका महेश्वर न्यौपानेको आवेदन परेको हो।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा अध्यक्ष नियुक्ति गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
अब यी मध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । त्यसपछि नेपाल सरकारको निर्णयअनुसार बीमा प्राधिकरणको अध्यक्ष नियुक्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस