काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् ।
प्रतिबन्धविरुद्ध नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी तथा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन्।
उनीहरुले 'सञ्जाल बन्द, आवाज बन्द', 'जनताको मुख थुन्न पाइँदैन', 'अलोकतान्त्रिक निर्णय फिर्ता गर', 'अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार', 'लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता ब्याक हुँदैछ' लगायतका प्लाकार्ड बोकेका थिए ।
पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।






प्रतिक्रिया दिनुहोस