२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'भारतबारे गलत भएको ट्रम्पले महसुस गरे'

आइतवार , भाद्र २२, २०८२

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष सम्बन्ध’ भन्दै आफ्नो बोली नरम बनाएपछि पूर्व भारतीय कूटनीतिज्ञ केपी फाबियनले आइतबार ट्रम्पले भारतप्रति अपनाएको आक्रामक व्यापार रणनीति अपेक्षित परिणाम नदिएको महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

विशेषगरी, नयाँदिल्लीले रुसबाट तेल खरिद गर्दा ट्रम्पले थप २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए । तर, फाबियनका अनुसार यसले कुनै ठोस नतिजा ल्याउन सकेन ।

“प्रधानमन्त्री मोदीले सौहार्दपूर्ण एक्सको उचित जवाफ दिनुभयो । तर यसबाट हामी तत्कालै यसको अन्त्य हुने निष्कर्ष निकाल्न सक्दैनौँ, मैले यसलाई ‘ट्रिपल टी’ — ‘ट्रम्प–अप ट्रम्प ट्यारिफ’ — भनेको छु । ‘ट्रम्प–अप’ भन्नुको अर्थ आधारविहीन हो । तर अहिले स्पष्ट छ कि राष्ट्रपति ट्रम्पले भारतले धम्कीपछि आत्मसमर्पण गर्ने उहाँको मूल अपेक्षा गलत भएको महसुस गर्न थाल्नुभएको छ”, फाबियनले भने । मित्रवत् सम्बन्ध र पारस्परिक व्यापारका लागि खुला रहँदै आएको भारतले एकपक्षीय निर्णय वा दवाव स्वीकार गर्न नसक्ने उनले बताए ।

“ट्रम्पले बुझ्नुपर्ने कुरा के हो भने भारत भनेको भारत हो । भारत सभ्यतागत राष्ट्र हो । भारत कुनै पनि देशको मौन अनुयायी बन्न सक्दैन । भारत सबैसँग मित्रता गर्न र व्यापार गर्न इच्छुक छ, तर निर्देशन लिन सक्दैन”, उनले स्पष्ट पारे ।

यसअघि शुक्रबार (स्थानीय समय) राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा घोषणा गर्दै भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष’ भनेका थिए । उनले आफू र प्रधानमन्त्री मोदीबीच सधैँ मित्रता रहने विश्वास दिलाउँदै ‘चिन्ता गर्ने कुनै कुरा छैन’ भनेका थिए । तर, उनले प्रधानमन्त्री मोदीले ‘हाल गरिरहनुभएका कामहरू’ प्रति असन्तुष्टि पनि व्यक्त गरे ।

“के तपाईं अहिले भारतसँगको सम्बन्ध पुनःस्थापित गर्न तयार हुनुहुन्छ ?”, भन्ने एएनआईको प्रश्नमा राष्ट्रपति ट्रम्पले जवाफ दिए, “म सधैँ तयार हुन्छु । म सधैँ (प्रधानमन्त्री) मोदीको साथी हुनेछु । उहाँ महान् प्रधानमन्त्री हुनुहुन्छ । तर मलाई यो क्षणमा उहाँले गरिरहनुभएको कुरा मन परेको छैन । तर भारत र अमेरिका बीचको सम्बन्ध धेरै विशेष छ । चिन्ता गर्ने केही छैन । बीचमा कहिलेकाहीँ यस्ता क्षण आउँछन् ।”

राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपतिको भावना र सकारात्मक मूल्याङ्कनप्रति ‘गहिरो कदर र पूर्ण प्रतिध्वनि’ व्यक्त गरे ।

मोदीले भारत–अमेरिका सम्बन्धलाई ‘व्यापक र विश्वव्यापी रणनीतिक साझेदारी’ तर्फ अग्रसर र भविष्यमुखी रहेको उल्लेख गर्दै लेखे, “राष्ट्रपति ट्रम्पका भावनाप्रति गहिरो कदर गर्दछु र पूर्ण रूपमा प्रतिध्वनि गर्दछु । भारत र अमेरिकाबीचको सम्बन्ध अत्यन्तै सकारात्मक र अग्रगामी छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट