२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध उर्लिए जेनजी, माइतीघरमा बढ्दै भिड [तस्बिरहरु]

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूको प्रदर्शन काठमाडौंको माइतीघर मण्डलामा जारी छ । बिहान ९ बजेदेखि सुरु भएको प्रदर्शनमा विस्तारै भिडहरु बढिरहेको छ ।

राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

पहिले सामाजिक सञ्जालमा सीमित आक्रोशलाई यसपटक जेनजी पुस्ता सडकमै ओर्लिएका हुन् । प्रदर्शनलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, पेशाकर्मी र स्वतन्त्र युवाहरूले समर्थन जनाएका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ