काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जेनजी पुस्ताका आवाज सुनिनु पर्ने बताउँदै देशका हर नागरिकको चाहना बुझ्ने नेता चुनिनु आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजीको अभियानलाई समर्थन गर्दै उनले आफूले लामो समयदेखि आवाजलाई दबाएको देखेको उल्लेख गरेका छन् । उनी लेख्छन्,‘देशले हरेक काल खण्ड पार गरेको पढेको छु र कति त आफैँले पनि भोगेको छु, आवाजलाई दबाएको देखेको छु, भोगेको छु, नाताबाद देखेको देख्यै छु, कृपाबाद देखेको देख्यै छु, सत्तामोह देखेको देख्यै छु र यसकै कारणले हजारौंको संख्यामा हरेक दिन युवाहरु रोजगारीको लागि बिदेशिन बाध्य भइरहेको देखेको देख्यै छु र देखि नै रहेको छु ।’
यहि उकुसमुकुस नै अहिलेको पुस्ताको आवाज भएको उनको ठहर छ । उनी थप्छन्, यहि उकुसमुकुस हो अहिलेको पुस्ताको यो अवाज । यो अवाज सुनिनुपर्छ, भ्रस्टाचारीहरु थुनिनुपर्छ, देशका हर नागरिकहरुको चाहना बुझ्ने नेता चुनिनु पर्छ, अन्तमा देशको सपना बुनिनु पर्छ ।’
देशमा व्याप्त बेतिथि, भ्रष्चटार र सामाजिक सञ्जाल बन्द विरुद्ध आज देशभरका जेनजी पुस्ता प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस