काठमाडौं । नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन अनुरोध गरेको छ ।
नेपाली सेनाले मंगलबार वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जतिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस