२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फरच्युना हेल्थकेयरद्वारा जेनजी आन्दोलनका घाइतेका लागि २२ हजार सिरिन्ज निःशुल्क वितरण

शुक्रवार , आश्विन १०, २०८२

ललितपुर । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७५ जना युवाहरूले ज्यान गुमाएका छन् भने सयौं घाइते अझै अस्पतालमा उपचाररत छन्। यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै घाइतेहरूको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ फरच्युना हेल्थकेयर प्रालिले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क सिरिन्ज वितरण गरेको छ।

कम्पनीका अप्रेशन म्यानेजर मधुसुदन अधिकारीले सिभिल अस्पताललाई ३, ५ र १० एमएल का २२,००० पिस सिरिन्ज हस्तान्तरण गरेका छन्। प्रेस विज्ञप्तिमा जि।सी ग्रुप तथा फरच्युना हेल्थकेयरका अध्यक्ष ईश्वर जिसीले भने, “हाम्रो सानो प्रयासले घाइतेलाई सहयोग पुग्नेछ। हामी सधै राष्ट्र प्रति वफादार रहि जनताको सुख–दुःखमा साथ दिन प्रतिबद्ध छौं।”

फरच्युना हेल्थकेयरले हाल १ एमएल देखि ५० एमएल सम्मका निडल सहितका सिरिन्ज, इन्सुलिन सिरिन्ज, एब्जर्बेन्ट कटन, उल र गज लगायतका स्वास्थ्य सामग्री बजारमा उपलब्ध गराएको छ। कम्पनीले चाँडै आईभी क्यानुला, हाइ–क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आइभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेज लगायतका उत्पादनहरू पनि बजारमा ल्याउने तयारी गरेको छ।

 

कम्पनीका अनुसार, सबै उत्पादनहरूको गुणस्तर नेपालमा हाल उपलब्ध विदेशी सिरिन्जहरूको तुलनामा उच्च रहेको दावी गरिएको छ।

फरच्युना हेल्थकेयरको यो पहलले संकटको समयमा घाइतेहरूको उपचारमा तत्काल सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ