काठमाडौं । दसैँ नेपालीहरूको महान् पर्व हो। यस अवसरमा परिवारभित्र मिलन, पूजाआजा, टिका, जमरा, सेलरोटी, मासु, मिठाई र रमाइलोका साथसाथै धेरै खानपिन र जमघट हुन्छ। विशेष गरी दसैँमा हरेक घरमा मासुका परिकार पाक्ने गर्छन् । तर, यही खानपिनको कारण पेट गडबडी, ग्यास्ट्रिक, मोटोपन, उच्च रक्तचाप, मधुमेहको समस्या देखिने सम्भावना पनि धेरै हुन्छ। त्यसैले दसैँ रमाइलो मात्र नभई स्वास्थ्यप्रति सचेत रहनुपर्ने समय पनि हो। त्यसैले, स्वास्थ्यलाई प्राथमिकता दिँदै, रमाइलो र सचेतना दुवै सन्तुलित बनाउन आवश्यक हुन्छ। दसैँमा हाम्रो स्वास्थ्यको हेरचाह कसरी गर्ने त रु भन्ने कुराको यहाँ उल्लेख गरेका छौँ ।
मासु सेवनमा संयमता
दशैँमा मासु धेरै खाइन्छ। तर, धेरै तारेको वा बोसोयुक्त मासु खाँदा पेट गडबडी, ग्यास्ट्रिक, कोलेस्ट्रोल बढ्न सक्छ।
भोजनमा सन्तुलन
मासुसँगै तरकारी, सलाद, अचार, दही समावेश गर्नु उत्तम हुन्छ ।
एकैपटक धेरै खानुभन्दा सानो९सानो परिमाणमा बारम्बार खानु राम्रो हुन्छ।
मिठाई र तारेको खानामा संयम
अत्यधिक गुलियो खानेकुरा जस्तो लड्डु, पेढा, बर्फी, जेरी, सेलरोटी धेरैको रोजाई हुन सक्छ । तर, चिनी र तेल बढी हुने भएकाले मधुमेह, मोटोपन, पेट दुख्ने समस्या आउन सक्छ।
पानी पर्याप्त पिउनुहोस्
मासु, नुनिलो र मसालेदार खाना खाँदा शरीरलाई पानी बढी चाहिन्छ। दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनुहोस् ।
शारीरिक गतिविधि
खानपिन बढी हुने भएकाले बिहान वा बेलुकी कम्तिमा ३० मिनेट हिँड्ने, खेलकुद गर्ने, घरको काम गर्ने गर्न सकिन्छ ।
बालबालिकाको स्वास्थ्यमा ध्यान
बच्चाहरूलाई चकलेट, चाउचाउ जस्ता खानेकुरा भन्दा फलफूल, दूध, घरमै बनेको सेलरोटी, मासु खुवाउनु राम्रो हुन्छ ।
सफाइमा ध्यान
दसैँमा मासु काट्ने, पकाउने काम बढी हुने भएकाले सफा पानी, राम्ररी धुने बानी बसाल्नु पर्छ ।
भान्साको सरसफाइमा विशेष ध्यान
हतार र धेरै परिकार निरन्तर पकाइराख्दा भान्सा फोहोर हुने गर्छ । हामीले खाने खानेकुरा पकाउने ठाउँको विशेष ध्यान दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस