२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्थानीय युवाको पहलमा बिर्तामोडमा प्रहरी तथा ट्राफिक कार्यालय पुनःनिर्माण

मंगलवार , आश्विन १४, २०८२

बिर्तामोड । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुनःनिर्माण गरिएको छ ।

आज इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको हो । बैठकले आगामी दिनमा बिर्तामोड क्षेत्रको शान्ति–सुरक्षालाई सहज बनाउन नवनिर्मित कार्यालयबाट सेवा प्रारम्भ गर्ने निर्णय समेत गरेको छ ।

अभियानका अभियन्ता सजेस सिवाकोटी, पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईलगायत स्थानीय युवाको सक्रिय पहलमा भवन पुनःर्निर्माण सम्पन्न भएको हो ।

अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठ, प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश पौडेललगायत सुरक्षाकर्मीको सहभागिता थियो । अनुगमनपछि डिएसपी श्रेष्ठले कार्यालय सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए ।

भवन पुनःनिर्माणमा अनुमानित ९० लाख खर्च भइसकेको र अझै केही रकम खर्च गर्न बाँकी हुने अभियानका अभियन्ता विपिन बजगाईले बताए। उनका अनुसार स्थानीय तह, व्यापारी तथा आम नागरिकको आर्थिक–सामाजिक सहयोगले मात्र यो सम्भव भएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट