काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।
यस अवसरमा नेपाल प्रहरीले पनि तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ । अपराध अनुसन्धानमा खटाइने तालिम प्राप्त कुकुरहरुको केनाइन कार्यालय महाराजगञ्जमा सोमबार बिहान पूजाआज गरिएको हो । अघिल्ला वर्षहरुमा नेपाल प्रहरीले धुमधामका साथ कुकुर तिहार मनाउने गरेकोमा यो वर्ष भने सामान्य रुपमा मनाएको छ ।
अपराध अनुसन्धानमा खटिँदै आएका कुकुरहरु मध्येबाट यो वर्ष घुङ्ग्रु कुकुर उत्कृष्ट घोषित भएको छ । उक्त कुकुरलाई मेडल प्रदान गरिएको छ । घुङ्ग्रुका ह्याण्डलरले प्रमाणपत्र ग्रहण गरेका थिए । घुङ्ग्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने गाँजा तस्करी अपरेशनमा सहयोग गरेको छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस